काठमाडौं-ए डिभिजन लिगमा खेल मैदानमै झगडामा उत्रिएका छ खेलाडी कारबाहीमा परेका छन् । मनाङ् मस्र्याङ्दी क्लब र मच्छिन्द्र युवा क्लबका खेलाडीहरु २ दिनअघि खेल सक्किनेवित्तिकै मैदानमै झगडामा उत्रिएका थिए ।
अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन समितिको बैठकले विवादमा उत्रिएका छ खेलाडीमाथि कारबाही गर्ने निर्णय गरेको हो ।
मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र गोलरक्षक अशोक बराललाई कारबाही स्वरुप पाँच खेलको लागि प्रतिबन्ध लगाइएको छ । श्रेष्ठलाई दश हजार रुपियाँ जरिवाना तोकिएको छ ।
बरालले खेलमै रातो कार्ड पाएकोमा पहिलो खेलमा सहभागी हुन बञ्चित गरिएको छ । उनलाई पनि पाँच खेलका लागि प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ । बरालमाथि दश हजार रुपियाँ जरिवाना तोकिएको छ ।
मनाङका फरवार्ड रञ्जन विष्टमाथि दुई खेलको लागि प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका दिपक राइ, देवेन्द्र तामाङ र विजय धिमालमाथि दुई दुई खेलमा प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ ।
त्यसैगरी, मनाङका किट्स ब्यवस्थापक शिव लामामाथि लिगको बाँकी खेलका लागि प्रतिबन्धसँगै दश हजार रुपियाँ जरिवाना तोकिएको छ । टिम बेञ्चमा अनुशासन कायम राख्न नसकेको भन्दै अनुशासन समितिले मनाङ र मच्छिन्द्र दुबै टोलीमाथि पचास पचास हजार रुपियाँ जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस