काठमाडौ-स्पेनिस सुपर कप अन्तर्गत दोस्रो सेमिफाइनलमा एथलेटिको म्याड्रिडले बार्सिलोनालाई ३-२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
साउदी अरेबियाको किङ अब्दुलाह स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ रोमाञ्चक बनेको थियो। दोस्रो हाफमै ५ गोल सम्भव भएको थियो भने खेलाडीबीच घम्साघम्सी र तनाव सिर्जना भएको थियो।
दोस्रो हाफ सुरु भएको २५ सेकेन्डमा कोकेले गोल गर्दै एथलेटिकोलाई १-० को अग्रता दिलाएका थिए। लियोनल मेस्सीले ५१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए। लगत्तै एन्टोनीयो ग्रिजम्यानले ६२ औं मिनेटमा गोल गर्दै बार्सालाई २-१ को अग्रता दिलाएका थिए।
एथलेटिकोका अल्भारो मोराटाले ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई २-२ को अवस्थामा ल्याएका थिए। खेल सकिन ४ मिनेट बाँकी छँदा एथलेटिकोका एन्जल कोरेआले गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाए। त्यसपछि बार्सिलोना खेलमा फर्किन सकेन। र, खेल एथलेटिकोले खेल रोमान्चक तरिकाले ३-२ ले जित्यो।
एथलेटिकोले आइतबार हुने फाइनलमा उपाधिका लागि रियल म्याड्रिडको सामना गर्नेछ। रियलले पहिलो सेमिफाइनलमा भ्यालेन्सियालाई ३-१ ले गरेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस