काठमाडौं – आयोजक न्यु डायमण्ड एकेडेमी र विभागीय टिम एपीएफ तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
शनिबार भएको दोस्रो सेमिफाईनलमा विभागीय टिम आर्मीलाई हराउँदै न्यु डामण्डले एपीएफसंगको उपाधि भिडन्त पक्का गरेको हो ।सेमिफाईनलको खेलमा न्युडायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा हरायो ।न्यु डायमण्डले आर्मीलाई २५–१७, २५–१६ र २५–११ को सेटमा पराजित गरेको हो ।घरेलु मैदानमा न्यु डायमण्डले सहज जित निकाल्दै फाईनल प्रवेश गर्न सफल भयो ।
शनिबारनै भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा हराएको थियो ।एपीएफले पुलिसलाई २५–१४, २५–१८ र २५–१७ को सेटमा हराएको थियो ।
प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ, दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ ।तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् ।व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।
फाइनल खेल आईतबार हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस