एजेन्सी – प्रिमियर लिग फुटबलमा लिभरपुलले नयाँ कीर्तिमान बनाएको छ । टोटनह्याम विरुद्धको खेलमा एक शुन्यको जित निकालेको लिभरपुलले क्लवको एक सय ३१ बर्षे इतिहासमा सबैभन्दा उत्कृष्ट सुरुवात गर्ने कीर्तिमान बनाएको हो ।
टोटेनहम हट्सपरलाई १–० गोलले पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीसंग १६ अंकको अग्रता लिएको हो ।
जारी लिगमा २१ खेलमा २० मा जित निकालेको लिभरपुलले यो सिजनको उपाधि जित्दै लामो समयको पर्खाईको अन्त्य गर्ने लक्ष्यमा रहेको छ ।
युरोपियन च्याम्पियन क्लव लिभरपुलले टोटनह्याम विरुद्धको खेलमा जित निकाल्दा फेरमिन्होको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए ।
मुख्य स्ट्राइकर हेरी केन विना नै मैदानमा उत्रिएको टोटनह्याम लिभरपुल विरुद्ध कमब्याक गर्न सकेन र पराजित भयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस