काठमाण्डौ-इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा मर्सिसाइड क्लब लिभरपुलले टोटेनहम हटस्परलाई पराजित गरेको छ। लिभरपुलले टोटेनहमलाई उसकै मैदानमा १-० ले पराजित गरेको हो।
पहिलो हाफमा लिभरपुलका ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ३७ औं मिनेटमा मोहम्मद सलाहको पासमा गोल गरेका थिए। दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने मौका सिर्जना गरेपनि गोल गर्न नसक्दा फिर्मिनोको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो।
जितसँगै लिभरपुलले उपाधि यात्रालाई मजबुत बनाएको छ। लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीलाई १६ तथा तेस्रो स्थानको म्यानचेस्टर सिटीलाई १७ अंकले पछि पारेको छ। लिभरपुलको २१ खेलबाट ६१ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको लेस्टरको ४५ तथा सिटीको ४४ अंक छ। हारसँगै टोटेनहम ३० अंक जोडेर आठौं स्थानमा धकेलिएको छ।
म्यानचेस्ट युनाइटेड बिरुद्द नर्विच सिटी
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। युनाइटेडले घरेलु मैदानमा नर्विच सिटीमाथि ४-० को फराकिलो जित निकालेको छ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको सहज जित हात पार्दा पहिलो हाफमा १ गोल मात्रै गर्न सफल हुदा दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो। २७ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए। ५२ औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै म्यानचेस्टरको अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटपछि एन्थोनी मार्सियलले गोल गरे। ७६ औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए।
जितसँगै म्यानचेस्टर २२ खेलबाट ३४ अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। पराजित नर्विच १४ अंकसहित पुछारमा छ।
चेल्सी बिरुद्द बर्नली
लन्डन क्लब चेल्सीले बर्नलीमाथि सानदार जित निकालेको छ। चेल्सीले घरेलु मैदानमा बर्नलीमाथि ३-० को सानदार जित निकालेको छ।
चेल्सीको जितमा जर्गिन्हो, टमी अब्राहम र कलुम हड्सन ओडोइले गोल गरे। पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल सम्भव भएको थियो। जितसँगै चेल्सी २२ खेलबाट ३९ अंक जोडेर चौथो स्थानमा यथावत छ। पराजित बर्नली २४ अंकसहित १५ औं स्थानमा छ।
लेस्टर सिटी बिरुद्द साउथह्याम्पटन
लेस्टर सिटी घरेलु मैदानमै साउथह्याम्पटनसँग २-१ ले पराजित भएको छ। लेस्टरले घरेलु मैदानमा शुरुवाती अग्रता लिएर पनि पराजित हुन पुगेको हो।
१४ औं मिनेटमा डेनिस प्राइटले गोल गर्दै लेस्टरलाई १-० ले अघि बढाएका थिए। १९ औं मिनेटमा स्टुआर्ट आर्मस्ट्रङले बराबरी गोल फर्काए। ८१ औं मिनेटमा ड्यानी इंग्सले गोल गर्दै साउथह्याम्पटनलाई खेलमा २-१ को जित दिलाए। हारपछि पनि लेस्टर २२ खेलबाट ४५ अंक जोडेर दोस्रो स्थानमा यथावत छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ४४ अंक छ। लेस्टरलाई हराएको साउथह्याम्पटन २८ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ।
अन्य नतिजाहरु
वेस्टह्याम १-० सेफिल्ड
आर्सनल १-१ क्रिस्टल प्यालेस
एभर्टन १-० ब्राइटन
वुल्भ्स १-१ न्युक्यासल
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस