चितवन – गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेसन र आइसिसी ग्राउण्ड विशेषज्ञ बन्दुला वार्नपुरनाबीच सम्झौता भएको छ।
श्रीलंका टेष्ट क्रिकेट टिमका पहिलो कप्तान वार्नपुरनासँग फाउण्डेसनले आइतबार सम्झौता गरेको हो। सम्झौतामा रंगशाला निर्माणको नेतृत्व गरिरहेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र विशेषज्ञ बन्दुलाले हस्ताक्षर गरेका छन। सम्झौताअनुसार बन्दुला रंगशाला निर्माण अवधिभर कन्सल्टेन्टका रूपमा रहनेछन्।
यस्तै, रंगशाला निर्माण सम्पन्न भएपछि पनि कल्नल्टेन्टका रूपमा रहने फाउण्डेसनले जनाएको छ। बन्दला हाल आइसिसीअन्तर्गतको एसियामा ग्राउण्ड हेर्ने स्पेशलिष्ट रहेर काम गरिरहेका छन्। उनी सन १९९५ देखि सन् २००३ सम्म श्रीलंका क्रिकेट बोर्डको क्रिकेट अपरेशन डाइरेक्टरसमेत रहेका थिए। यस्तै, श्रीलंकाको राष्ट्रिय टिममा प्रशिक्षकसमेत रहेका बन्दुला सन २००८ सम्म एसियन क्रिकेट काउन्सिल (एसिसी) को डेभलपमेन्ट म्यानेजर रहेर काम गरेका थिए।
क्रिकेट ग्राउण्ड विशेषज्ञसँग जोडिन पाउन फाउण्डेसनका लागि गर्वको विषय भएको फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए। उनले भने ‘बन्दुलालाई यो गौरवको परियोजनामा जोड्न पाउनु हाम्रो शौभाग्य हो।’ चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा नेपालकै पहिलो तथा जनस्तरबाट निर्माणधीन रंगशालाका लागि ग्राउण्ड हेर्न पहिलो पटक विदेशी विषेशज्ञ बोलाएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस