काठमाडौ-स्पेनिस महारथी रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ। म्याड्रिडले फाइनल खेलमा एथलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गरेको हो।
साउदी अरबको किङ अब्दुल्लाह स्पोर्ट्स सिटि जेद्दामा भएको निकै नै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित र थप गरिएको समयमा कुनै पनि गाेल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।
पहिलो हाफमा खेलको सुरुवातदेखि नै रियलले बल पोजेसन राख्दै एथलेटिकोलाई दवावमा राखेको थियो। दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयको २५ औं मिनेटमा रियल १० खेलाडीमा समेटियो। एथलेटिकोका अल्भेरो मोराटालाई फउल गरेपछि रेफ्रीले रियालका फेडरिको भालभेर्डे दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि खेल केहीवेर तनावुपर्ण बनेको थियो। रेफ्रीले त्यसपछि रियलका ड्यानियल कार्भाहललाई र एथलेटिकोका एन्जल कोरेआ र स्टेफान साभिकलाई पहेँलो कार्ड देखाएका थिए।
पेनाल्टी सुटआऊटमा रियालका लागि ड्यानियल कार्भाहल, रोड्रिगो, लुका मोड्रिक र कप्तान सर्जियो रामोसले गोल गर्न सफल भए। एथलेटिकोका किरियन ट्रिपिएरले मात्रै गोल गर्न सफल भए । साउल निग्वेज र थोमस पार्टेले गोल गर्न सकेनन्।
रियलले ११ औ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस