एजेन्सी – इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता २१ वर्षकी किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छन् ।
सन् २०१६ मा रियो ओलम्पिकमा ताइक्वान्दोमा कास्य पदक जित्दै इरानका लागि इतिहास रचेकी उनले सामाजिक संजालमा स्टाटस लेख्दै यस्तो घोषणा गरेकी हुन् ।
इरानमा प्रताडित लाखौं महिलाहरुमध्ये आफू पनि एक भएको बताउँदै उनले आफू पाखण्ड, झूठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न नचाहेको बताएकी छिन् ।
उनी तालिमको सिलसिलामा नेदरल्याण्डमा हुनसक्ने इरानका संचारमाध्यमहरुले बताएका छन् ।
इरानी सैनिकले १७६ जना सवार युक्रेनको विमानलाई रकेट प्रहार गरेर खसालेको विषयमा सरकारी अधिकारीले झूठ बोलेको भन्दै इरानी जनता आन्दोलनमा उत्रिएका छन् । सर्वसाधारणले आन्दोलन गर्दै गर्दा महिला ओलम्पिक पदक विजेता अलिजादेहको यो घोषणा बाहिरिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस