काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले विभागीय टिम एपीएफ क्लबसँग बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले एपीएफसँग गोलरहित बराबरी खेलेको हो ।एपीएफविरुद्ध बल पोजिसनमा एकतर्फी पटक बनाएको च्यासलले पाएको अवसर गुमाउँदा एक अंकमा चित्त बुझाएको हो । एपीएफले केहि गोलको अवसर खरे फालेको थियो ।
खेलको १६ औं मिनेटमा नबिन लामाको कर्नरमा आएको बलमा एपीएफका राजन गुरुङको उत्कृष्ट हेड च्यासलका गोलरक्षक एलेन न्यौपानेले पन्च गर्दै गोल हुनबाट बचाए ।खेलको २० औं २० मिनेटमा च्यासलले गोलको सुनौलो अवसर गुमायो । सुनिल खड्काले एक डिफेन्डरलाई बिट गरेपनि वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेनन् । डिबक्स भित्रबाट हानेको उनको प्रहार एपीएफका गोलरक्षक अमृत कुमार चौधरीले बचाए ।
लगत्तै २५ औं मिनेटमा च्यासलका अमिर श्रेष्ठले डिबक्स भित्रबाट हानेको सशक्त प्रहार एपीएफका गोलरक्षक अमृतले पन्च गर्दै बाहिर पठाए ।खेलको ३८ औं मिनेटमा एपिएफका रबि थिङको प्रहार च्यासलका गोलरक्षक एलेनले बचाए । यस्तै ५४ मिनेटमा युवराज खड्काको क्रसमा राजिब लोप्चनको हेड पनि एलेनले पन्च गर्दै गोल हुनबाट जोगाएका थिए ।
एपीएफसँगको बराबरीसँगै च्यासलले अंक तालिका सुधारको अवसर गुमाएको छ । ६ खेलमा ६ अंक जोडेको च्यासल लिगको दशौँ स्थानमा रहेको छ ।यस्तै एपीएफ ६ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस