काठमाडौ-भारतले घरेलु मैदानमा अष्ट्रेलियासँग पहिलो एकदिवसिय खेलमा लजास्पद पराजय भोगेको छ। अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो।
मुम्बईको वानखडे रंगशालामा टस हारेर ब्याटिङ गरेको भारतले भारत ४९.१ ओभरमा २५५ रनको मध्यम योगफल बनाएको थियो।
भारतका लागि ओपनर रोहित शर्मा १०, लोकेश राहुल ४७, शिखर धवन ७४, कप्तान विराट कोहलीलाई १६, श्रेयस ऐयर ४, रबिन्द्र जडेजा २५, विकेटकिपर ऋषभ पन्त २८, शार्दुल ठाकुर १३, मोहम्मद शामी १० र कुलदिप यादवले १७ रन बनाए। अष्ट्रेलियाका लागि तीब्र गतिका बलर मिचेल स्टार्कले ३ विकेट लिए। प्याट कमिन्स र केन रिचर्ड्सनले समान २/२, एडम जम्पा र एस्टन अगरले १/१ विकेट लिए।
भारतले प्रस्तुत गरेको २५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७.४ ओभरमा विना विकेटको क्षतिमा पुरा गरेको थियो।
अष्ट्रेलियाको जितका लागि दुवै ओपनर आरोन फिन्च र डेविड वार्नरले शतक प्रहार गरे। वार्नर १२८ रन र कप्तान फिन्च ११० रनमा अविजित रहे।
जितसँगै अष्ट्रेलियाले तीन एकदिवसिय सिरिजमा १-० को अग्रता बनाएको छ। दोस्रो खेल शुक्रबार राजकोटमा हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस