काठमाण्डौ-स्पेनिस ला लिगामा बार्सिलोना शीर्षस्थानमा उक्लिएकाे छ। घरेलु मैदानमा ग्रानाडालाई १-० ले पराजित गर्दै बार्सिलाेनाले रियल म्याड्रिडलाई गोलअन्तरले पछि पार्दै शीर्षस्थानमा पुगेकाे हाे।
घरेलु मैदान नाेउ क्याम्पमा भएकाे खेलमा बार्सिलाेनाले १० खेलाडीमा समेटिएकाे ग्रानाडालाइ सुरुवात देखिनै दबाबमा राखेको थियो। पहिलो हाफ ०-० को बराबरीमा सकिएको थियो।
दोस्रो हाफको ६९ औ मिनेटमा ग्रानाडा १० खेलाडीमा समेटियाे । जर्मन सान्चेज दाेहाेराे पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए। त्यसकाे फाइदा बार्सिलाेनाले उठायाे। ७६ मिनेटमा कप्तान लियाेनेल मेस्सीकाे गाेलबाट बार्सिलाेनाले खेलमा १-० को अग्रता लियो। त्यसपछि थप गाेल निस्कन नसक्दा बार्सिलाेनाले १-० काे जित निकाल्न सफल भएको हो।
बार्सिलाेनाले रियललाई गाेल अन्तरमा पछि पार्दै शीर्षस्थानमा पुनरागमन गरेकाे छ। बार्सिलाेनाकाे २० खेलबाट ४३ अंक बनाएको छ। रियालकाे पनि समान ४३ अंक छ। पराजित ग्रानडा २७ अंक जाेडेर १० औ स्थानमा छ।
२० औ चरणका अन्य खेलका नतिजाहरु
मालोर्का ४-१ भ्यालेन्सिया
रियल बेटिस ३-० रियल सोसिडाड
भिल्लारियल १-२ इस्प्यानियोल
एथलेटिको क्लब बिल्बाओ १-१ सेल्टा डी भिगो
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस