काठमान्डाै-इङ्लिश प्रिमियर लिग फुटबलको २३ औ चरणमा शीर्ष स्थानको लिभरपुलले सहज जित निकालेको छ। लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो। प्रिमियर लिगमा लिभरपुलको यो लगातार १३ औं जित हो। लेष्टर सिटी २-१ ले बर्नलीसँग पराजित भएको छ।
लिभरपुल बिरूद्द म्यानचेस्टर युनाइटेड
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन भर्जिल भान डाइक र मोहमद सलाहले १/१गोल गरे। खेलको १४ औं मिनेटमा भान डाइकले हेडबाट गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए। खेलमा युनाइटेडले गोलको केहि अवसर पाएको थियो,तर गोल गर्न सफल भएन।
जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायम राखेको छ। लिभरपुलले लिगमा १६ अंकको अग्रता बनाएको छ। लिभरपुलले २२ खेलमा २१ जितसहित ६४ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४८ अंक रहेको छ। लिभरपुलसँग पराजित युनाइटेडको ३४ अंक रहेको छ। युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ।
लेष्टर सिटी बिरूद्द बर्नली
लेष्टर बर्नलीसँग २-१ गोल अन्तरले सँग पराजित भएको छ। बर्नलीको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा लेष्टर पराजित भएको हो । पहिलो हाफको ३३ औं मिनेटमा हार्भी बार्नेशको गोलबाट लेष्टरले सुरुवाती अग्रता बनाएको थियो।
दोस्रो हाफको ५६ औं मिनेटमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १-१ गोलको बराबरीमा ल्याए। ६८ औ मिनेटमा बर्नालीका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि लेस्टरले पेनाल्टी पाएको थियो। तर जेमी भार्डीको पेनाल्टी प्रहारलाई बर्नालीका गोलकिपर पोपले उकृष्ट रुपले बचाएका थिए।त्यसपछि खेलको ७९ औं मिनेटमा एश्ले वेस्टउडले गोल गर्दै बर्नलीलाई २-१ को जित दिलाएका हुन।
बर्नलीसँग पराजित लेष्टरले भने लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। तेस्रो स्थानको लेष्टरले २३ खेलमा ४५ अंक जोडेको छ। जितसँगै बर्नलीले २३ खेलमा २७ अंक जोडेको छ। बर्नली लिगको १४ औं स्थानमा रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस