काठमाडौँ-संस्थागत विद्यालयहरुको संगठन ९ओप्स० को आयोजनामा पाँचौं ओप्स खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ ।
श्रृजना ज्ञान सागर स्कुलमा भएको पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले खेलुकद सप्ताहमा विभिन्न २३ विद्यालयले ४ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी गराए । उनका अनुसार ब्याडमिन्टन, फुटबल, भलिबल र एथलेटिक्समा प्रतिस्पर्धा हुने छ ।
ब्याडमिन्टन र एथलेटिकसमा एक खेल एक विधाका आधारमा ब्वाइज÷गल्र्स सिंगल्स र मिक्स डबल्समा खेल हुने छ ।
भलिबलमा ब्वाइज÷गल्र्स, एथलेटिक्समा ब्वाइज÷गल्र्सको हाइजम्प, लङजम्प, १ सय मिटर दौड, २ सय मिटर दौड, ४ गुणा १०० मिटर रिलेमा खेल हुने छ । ओप्सका ईसीए इन्चार्ज तथा श्रृजना ज्ञान सागरका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयालले फुटबलमा १६ ब्वाइज टिमको सहभागिता रहने छ । फुटबल श्रृजना ज्ञान सागरले आयोजना गर्ने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ रहेको छ । फुटबल र एथलेटक्स गोलढुंगा खेल मैदान, ब्याडमिन्टन मनमैजुको जि फोर हल तथा भलिबल तार्केश्वरको पैयाटारमा हुने छ । पत्रकार सम्मेलनमा एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुन, कौशलका प्रिन्सिपल एवं ओप्सका सचिव शिव अर्याललगायतको उपस्थिति थियो । प्रतियोगिता माघ १४ गते सम्पन्न हुने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस