काठमाण्डौ-ईङ्लिस प्रिमियर लिग फुटबलको २४ औ चरणमा टोटेनहम हट्स्पर्सले साघुरो जित हात पारेको छ। टोटेनहमले रेलिगेशन जोनको टिम नर्विच सिटीलाइ २-१ ले हराएको छ। त्यस्तै अर्को खेलमा वर्नलीले म्यानचेस्टर युनाईटेडलाई २-० हराएको छ।
टोटेनहम हट्स्पर्स बिरुद्ध नर्विच सिटी
टोटेनहमको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको ३८ औ मिनेटमा डेली अलीले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा नर्विच सिटीका टिमु पुक्कीले ७० औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए। ७९ औ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई महत्वपूर्ण २-१को जित दिलाएका हुन्।
टोटेनहम ३४ अंक सहित तालिकाको छैटौ स्थानमा उक्लिएको छ। टोटेनहमले पाँचौ स्थानको म्यान युनाईटेडसंग अंक बराबरी गरेको छ। नर्विच १७ अंक सहित तालिकाको रेलिगेशन जोन पुछारमा यथावत छ।
म्यानचेस्टर युनाईटेड बिरुद्ध वर्नली
म्यानचेस्टर युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा वर्नलीले म्यानचेस्टर युनाईटेडलाई २-० हराएको छ।
पहिलो हाफको ३९ औं मिनेटमा क्रिस उडले गोल गर्दै वर्नलीलाई १-० को अग्रता दिलाएका थिए। पहिलो हाफ १-० ले सकिएको थियो।
दोस्रो हाफको ५६ औ मिनेटमा जोय रोड्रिग्वेजले गोल गर्दै अग्रतालाई २-० बनाएका थिए। युनाईटेडको यस हारले पाचौ स्थानको टोटेनहम संगै बराबरी ३४ अंक छ। वर्नलीसगँको हारले युनाईटेड चौथो स्थानको चेल्सी भन्दा ६ अंकले पछाडी परेको छ। वर्नली ३० अंक सहित तालिकाको १३ औं स्थानमा छ।
२४ औ राउण्डका खेलका नतिजाहरु
एफ सी बर्नेमाउथ ३-१ ब्राईटन
एस्टन भिल्ला २-१ वाटफोर्ड
एभर्टन २-२ न्युक्यास्टल
म्यानचेस्टर सिटि १-० शेफिल्ड युनाईटेड
साउथह्याम्टन २-० क्रिस्टल प्यालेश
चेल्सी २-२ आर्सनल
लेस्टर सिटि ४-१ वेस्ट ह्याम
२४ औ राउण्डकाे हुन् बाकि खेल
लिभरपूल बिरुद्द वूल्भ्स
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस