काठमाडौं-नेपालले टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ। नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो। उक्त विश्वकपमा १६ राष्ट्र सहभागी हुनेछन्।
अष्ट्रेलियामा यसै वर्ष टी-२० विश्वकप क्रिकेट हुँदैछ। सो प्रतियोगिताको पुछारमा रहने चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेटस् युएई, हङकङ र जिम्बाबेले सोझै ग्लोबल छनोट खेल्न पाउने अन्तर्राष्टिय क्रिकेट परिषद् आइसीसीले जनाएको छ। ग्लोबल छनोट प्रतियोगिता सन् २०२१ को मार्चदेखि जुलाईसम्म सञ्चालन हुनेछ।
अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको बरियताका आधारमा नेपालसहितका चार देशलाई सोझै ग्लोबल छनोट खेल्न अनुमति दिइएको हो। टी-२० क्रिकेटको विश्व बरियतामा हाल नेपाल १२ औँ स्थानमा छ। यस्तै जिम्बावे ११औँ, युएई १५ औँ तथा हङकङ २०औँ स्थानमा छन।
ग्लोबल छनोटमा सहभागी १६ देशमध्ये शीर्ष स्थानका रहने चार टोलीले सन् २०२१ को टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन्। टी-२० विश्वकपको गत संस्करणमा नेपाल क्षेत्रीय छनोटमा पराजित भए पछि ग्लोबल छनोटसम्म पुग्न सकेको थिएन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस