काठमाण्डौ-नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा पुरुष र महिलातर्फ तेस्रो भएको छ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा तेस्रो स्थानका लागि आज भएको खेलमा आर्मीले पुरुष र महिला दुवैमा नेपाल पुलिस क्लबलाई ३-० सेटले हराएको हो। पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लबले २५-१८, २५-१८ र २५-२० अङ्कले तथा महिला भलिबलमा २५-२२, २५-१३ र २५-२१ अङ्कले विजयी भएको हो। जितसँगै आर्मीले दुवै स्पर्धामा रु. ५० हजार पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगिताको पुरुष र महिलातर्फको फाइनल खेल आजै हुँदैछ। पुरुषतर्फ एपीएफ क्लब र हेल्प नेपाल तथा महिलातर्फ एपीएफ क्लब र न्यू डायमण्ड क्लबबीच उपाधिका लागि खेल हुँदैछ। महिला र पुरुष दुवै विधाको विजेताले रु. दुई लाख, उपविजेताले रु. एक लाख, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही रु.२५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही रु. १० हजार पुरस्कार प्राप्त गर्नेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस