काठमाडौं: प्रथम एशिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता–२०२० को उद्घाटन काठमाडौंमा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवालको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको प्रतियोगितामा बिसेष अतिथिहरुमा विश्व क्योकुशिन कराँते महासंघ, जापानका अध्यक्ष कान्चो सेइसिन ईवासिता, काजु नारि सुजुकी, कुमिको आश्ना, सिनिची मेहेरा, लाकासी ओगावा,कुचिरो ईवासिता, मासारू ओता, नेपालका फिफ्त डाँन जनक बर्तौला, प्रकाश चन्द्र न्यौपाने, हेमा मानन्धर, संचारकर्मी कृष्ण भट्टराई र सुर्य चन्द लगायतका अन्य विशिष्ट व्यक्तित्वहरु रहेका थिए भने कार्यक्रमको सभापतित्व नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघ अध्यक्ष अशोक कुमार श्रेष्ठले गरेका थिए ।
उक्त समुद्घाटन कार्यक्रममा क्योकुशिन–सेईसिन काईकान कराँतेका फिफ्त डाँन खेलाडी जनक बर्तौलाको बिसेष डेमोस्ट्रेसन ढुंगालाइ पेटमा राखेर घनले फुटाउने तथा २५ वटा टायललाइ हातले एकैपटक फुटाएर देखाएका थिए । साथै विभिन्न कल्चरल नृत्यहरुको समेत बिसेष प्रस्तुति रहेको थियो ।
समुद्घाटन कार्यक्रममा स्वागत मन्तब्य दिदै हेमा मानन्धरले यस प्रकारको प्रतियोगिताले गर्दा विश्वमा नेपालको नाम उच्च हुने र नेपाली खेल क्षेत्रको चौतर्फी बिकाशमा टेवा पुग्ने तथा नेपाल भ्रमण बर्ष-२०२० को प्रबर्धन गर्न समेत मद्दत पुग्ने भन्दै सम्पूर्ण अतिथि लगायत खेलाडीहरुलाइ कार्यक्रममा स्वागत गरेकी थिइन् । त्यसैगरी प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवालले शुभकामना मन्तब्य दिदै उक्त प्रतियोगिता आयोजना गरेकोमा खुलेर प्रसंसा गरेका थिए भने यस्ता अन्तराष्ट्रिय प्रतियोगिताहरुको आयोजनाले गर्दा खेलखुदको माध्यमले नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्याउने भन्दै राष्ट्रिय खेलकुद परिषदले सक्दो सहयोग गर्ने बचन बद्दता समेत प्रकट गरे ।
नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजनामा फुल कन्ट्याक्ट कराँतेको विधामा यो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना हुन लागेको हो । प्रतियोगिता सातदोबाटो, ललितपुरस्थित कराँते कभर्ड हलमा सञ्चालन भईरहेको छ ।
उक्त प्रतियोगितामा नेपाल सहित १५ राष्ट्रका खेलाडी तथा अफिसियलहरु गरी जम्मा ३ सय ५० जनाले सहभागिता जनाउने आयोजक संस्थाले जनाएको छ । उक्त प्रतियोगितामा ३० के.जी, ३५ के.जी, ४० के.जी, ४५ के.जी, ५० के.जी, ५५ के.जी मुनि तथा खुल्ला तौल समुहमा महिला तथा पुरुष गरी जम्मा १४ वटा तौल समुहमा खेल खेलाईने छ ।
प्रतियोगितामा विजेता खेलाडिहरुलाई नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितामा अहिले सम्मकै ठुलो धन राशीमा पुरस्कारहरु राखिएको उक्त प्रतियोगितामा खुल्ला तौल समुहको स्वर्ण पदक प्राप्त गर्ने महिला तथा पुरुष बिजेता खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
भिजिट नेपाल–२०२० लाई सफल बनाउने उद्देश्य रहेको उक्त खेलकुद प्रतियोगिताको ब्यवस्थापन एनएफएच ईभेण्ट्स ले गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस