काठमाडौ-पाकिस्तानसँगको तीन टि-२० सिरिजमा घरेलु टोली पाकिस्तानले १-० को अग्रता बनाएको छ।
बंगलादेशसँगको पहिलो टि-२० खेलमा घरेलु टोली पाकिस्तान ५ विकेटले विजयी भएको छ।
बंगलादेशले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो।
टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। ओपनर मोहम्मद नइमले सर्वाधिक ४३ रनको योगदान दिए। तमिम इकवाल ३९, लिटोन दास १२ र कप्तान महमुदुल्लाहले १९ रनको योगदान दिए। पाकिस्तानका यसै खेलबाट डेब्यू गरेका तीब्र गतिका बलर ह्यारिस रउफ, शाहिन शाह अफ्रिदी र स्पिनर सादव खानले १-१ विकेट लिए।
पाकिस्तानको जितमा शोएब मलिकले ५८ रनमा अविजित रहे। यसै खेल खेलबाट टि-२० मा डेब्यू गरेका ओपनर आशन अलीले ३६, मोहम्मद हफिज १७ र इफ्तिखर अहमदले १६ रनको योगदान दिए। कप्तान बाबर आजम शून्यमा आउट भए। बाबर पहिलो पटक टि २० क्रिकेटमा शून्यमा आउट हुन पुगेका हुन्।
बंगलादेशका शफिउल इस्लामले २, मुस्ताफिजुर रहमान, अल अमिन हुसैन र अमिनुल इस्लामले १-१ विकेट लिए।
तीन टि-२० सिरिजमा दोस्रो खेल शनिबार र तेस्रो सोमबार हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस