काठमाडौँ : प्रथम एशिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता–२०२० को उद्घाटन समारोहमा क्योकुशिन–सेईसिन काईकान कराँतेका फिफ्थ डाँन खेलाडी जनक बर्तौलाले डरलाग्दो खेल प्रस्तुत गरेका छन् । उनले बिसेष डेमोस्ट्रेसन प्रस्तुत गर्ने क्रममा ठुला ठुला ३ वटा ढुंगालाइ पेटमा राखेर घनले फुटाउने तथा २५ वटा टायललाइ हातले एकैपटक फुटाएर देखाएका थिए । उनको त्यो सहासिक कार्यलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवाल तथा विश्व क्योकुशिन कराँते महासंघ जापानका अध्यक्ष कान्चो सेइसिन ईवासिताले खुलेर प्रसंसा गरेका थिए ।
नेपाली खेलकुदको बृहत्तर बिकासमा सक्रिय रहेर सदैब खेलकुदको हकहितमा बोल्दै अनि लड्दै आएका क्योकुसिन करातेको प्रशिक्षक जनक बर्तौला अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय उपाधक्ष्य समेत हुन् । उनी नेकपा माओबादी पार्टी भित्र पनि प्रभावशाली नेताको रुपमा चिर परिचित छन् ।
अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष्य, प्रदेश न.३ फ्र्याक्सन कमिटिका इञ्चार्ज तथा ट्रेड युनियन महासंघका केन्द्रिय सदश्य समेत रहेका प्रभावशाली नेता तथा खेलाडी जनक बर्तौला बिगत लामो समय देखि माओबादी पार्टीमा राजनीति गर्दै आएका र हक्की र निडर स्वभावका व्यक्ति हुन, सधै अन्यायको बिरुद्दमा आवाज उठाउने उनी माओबादी पार्टीका मजदुर नेता समेत रहेका छन् । अन्याय र अत्याचारको बिरुद्द सधै अगाडी बढ्ने जनक बर्तौलाको कामको शैली उनको मिलनसार ब्यबहार, महासंघ भित्रको इमान्दारिता, खेलकुद र खेलाडीको हितमा सधै बैचारिक लडाइमा आफुलाई समर्पित गर्दै आएका समेत छन ।
विभिन्न समयमा विभिन्न उदारणीय कार्य गरेर सधै चर्चामा रहने जनक बर्तौला भन्छन् अबको दिनमा अझ बढी समय खर्चेर भए पनि खेलकुद र खेलाडीको पक्षमा लड्ने र उनीहरुको हकहित तथा समग्र राष्ट्रको शिर उच्च राख्दै अहिले सम्म खेलकुद भएका बिकृतिहरुलाई चिर्दै तथा पहिचान गर्दै नेपालि खेलकुद बिकासलाई अन्तर्राष्ट्रिय स्तरमा लिएर जाने कुरा उनि बताउछन्,।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस