काठमाडौ-पाकिस्तानले बंगलादेशलाई दोस्रो टि-२० खेलमा ९ विकेटले पराजित गरेको छ। पाकिस्तानले एक खेल अगावै टि-२० सिरिज २-० ले जितेको छ।
बंगलादेशले प्रस्तुत गरेको १३७ रनको लक्ष्य घरेलु टोली पाकिस्तानले १६.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गरेको हो।
पाहुना टोली बंगलादेशले टस जितेर ब्याटिङ गरेपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३६ रन बनाएको थियो।
बंगलादेशका ओपनर तमिम इकवालले ६५ रनको योगदान दिए। अफिफ हुसैन २१, कप्तान महमुदुल्लाह १२, सौम्य सरकार ५ र लिटोन दासले ८ रन जोडेका थिए। पाकिस्तानका युवा खेलाडी मोहम्मद हुसनैनले २, शाहिन अफ्रिदी,सदाब खान र ह्यारिस रौफले १/१ विकेट लिए।
पाकिस्तानको सहज जितमा कप्तान बाबर आजम र मोहम्मद हफिजको उत्कृष्ट ब्याटिङ गरे। कप्तान बाबर आजम ६६ रन र मोहम्मद हाफिज ६७ रनमा अविजित रहे। ओपनर एहशन अली शून्यमा आउट भए। बंगलादेशका साफिउल ईस्लामले १ विकेट लिए।
खेलको म्यान अफ द म्याच पाकिस्तानका बाबर आजम भए।
पहिलो टि ट्वान्टी खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको छ। तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस