काठमाडौ-स्पेनिस ला लिगा फुटबलको २१ औ चरणमा लिग लिडर बार्सिलोना पराजित भएको छ। गएराति भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-० ले हराएको हो ।
घरेलु मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियाले १२ औं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो। म्याक्सी गोमेजको पेनाल्टी प्रहारलाई बार्सिलोनाका गोलकिपर टेर स्टेगनले उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए।
दोस्रो हाफको ४८ औं मिनेटमा म्याक्सी गोमेजले प्रहार गरेको जोर्डी अल्बालाई लाग्दै गोलभएपछि भ्यालेन्सियाले १-० अग्रता बनाएको थियो। ७७ औ मिनेटमा पेनाल्टीमा चुकेका म्याक्सी गोमेजले सुन्दर गोल गर्दै घरेलु टोलीलाई २-० को जित सुनिश्चित गरेका थिए।
बार्सिलोनाको मुख्य प्रशिक्षक क्विक सेटिन आएपछि पहिलो हार ब्यहोरेका छन्। सन् २००७ पछि घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोनामाथि पहिलो जित दर्ता गराएको छ।
बार्सिलोनाको २० खेलबाट ४३ अंकसहित पहिलो स्थानमा छ। भ्यालेन्सिया ३४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।
२१ औ चरणका अन्य खेलका नतिजाहरु
सेभिल्ला २-० ग्रानाडा
भिल्लारियल २-१ अलाभेस
ओसासुना २-० लेभान्ते
ऐथलेटिक क्लब १-१ ईस्पान्योल
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस