काठमाडौं-राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आत्मरक्षाका लागि सम्पुर्ण नेपाली नागरिक सक्षम हुनुपर्ने औल्याएका छन ।
नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा संचालन भएको दोश्रो अन्र्तराष्ट्रिय सेल्फ डिफेन्स सम्मेलनको समापनमा प्रमुख अतिथीको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् |
सदस्य सचिव सिलवालले सेल्फ डिफेन्सले शुरु गरेको आत्मरक्षा तालिमको अभियानलाई परिषद्ले सक्दो सहयोग गर्ने समेत बताए । सेल्फ डिफेन्सको कला प्रदर्शनीमा सहभागी हुँदै सिलवालले यस्ता प्रशिक्षणले आफैलाई मजबुत बनाउनेमा बिश्वास दिलाएको जिकिर गरे ।
दशरथ रंगशालाको कवर्ड हलमा भएको समापन सत्रमा सम्मेलनका लागि नेपाल आएका अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स एशोसियसन, पोल्याण्डका संस्थापक ग्राण्ड मास्टरले नेपालमा निमन्त्रणा गरेर प्रशिक्षक प्रशिक्षण तालिम संचालन गर्न पाउँदा आफु निक्कै हर्षित र कृतज्ञ रहेको बताए । समापन सत्रका कै क्रममा ग्राण्ड मास्टरले नेपाल सेल्फ डिफेन्स संघलाई अन्र्तराष्ट्रिय आबद्धता समेत प्रदान गर्नुभएको संघका महासचिव नुतन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नेपालका अध्यक्ष डिबि रानापाललाई मानार्थ सेल्फ डिफेन्स तेश्रो डान, शाखा प्रमुख एवं संघका उपाध्यक्ष सञ्जु महर्जनलाई सेल्फ डिफेन्स पाँचौ डानका साथमा आधा दर्जन बढी पदकद्धारा सम्मान गरे ।
त्यस्तै संघका सहायक प्रशिक्षक राधिका ऐर हमाललाई सेल्फ डिफेन्स चौथो डान तथा अन्य पदद्धारा सम्मान गरिएको महासचिव श्रेष्ठले जानकारी दिए ।
बिभिन्न ४० भन्दा बढी जिल्लाका सेल्फ डिफेन्स प्रशिक्षकको सहभागिता रहेको सो कार्यक्रममा ग्राण्ड मास्टरले बिभिन्न तहको प्रमाण पत्र प्रदान गर्नुभयो । कार्यक्रममा संघलाई सहयोग गर्ने दर्जन बढी बिभिन्न ब्यक्तित्वहरुलाई दोसल्ला तथा सम्मान पत्रद्धारा संघले सम्मान गरेको छ ।
माघ ०८ गतेबाट शुरु भएको अन्र्तराष्ट्रिय सम्मेलनका क्रममा काठ्माण्डौ, पोखरा तथा तनहुँका बिभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भई सकेका छन् । कार्यक्रमको औचारिक समापन आज भएपनि जनकपुरमा मंगलबार र बुधकार तालिम संचालन गरिने संघले जनाएको छ । यसअघि सन् २०१७ मा सोलुखुम्बुमा प्रथम अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस