काठमाडौँ- नेपाल मार्शल आट्स हाप्किडो संघको आयोजनामा पर्यटकीय नगर पोखराको रंगशालामा आइतबार पहिलो अन्तराष्ट्रिय मार्शल आर्टस हाप्किडो सेमिनार सम्पन्न भएको छ ।
सेमिनारमा अमेरीकाका ग्राण्डमास्टर हि क्वान लि, अष्ट्रियाका ग्राण्डमास्टर गेरहार्ड अग्रीज, इरानका पुलिस हेडमास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरोले आत्मरक्षा सम्बन्धी विशेष प्राविधिक कला खेलाडी तथा प्रशिक्षकहरुलाई प्रशिक्षण दिइएको थियो ।
सोही अवसरमा प्रशिक्षणमा सहभागी भएका सफल खेलाडी तथा माघ ४ र ५ गते पहिलो राष्ट्रिय रेफ्री सेमिनारमा सफल रेफ्री तथा प्रशिक्षकहरुलाई ग्राण्ड मास्टरहरुबाट प्रमाणपत्र प्रदान गरे | गण्डकी मार्शल आट्स हाप्किडो संघ र कास्की मार्शल आट्स हाप्किडो संघको संयुक्त व्यवस्थापनमा आयोजित समापन कार्यक्रममा नेपाल मार्शल आर्टस हाप्किडो संघका अध्यक्ष तथा ग्राण्डमास्टर कालीबहादुर घर्तिमगरको सभापतित्वमा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा कास्की जिल्लाका अध्यक्ष मदन जिसीले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा रेफ्री सेमिनारका प्रशिक्षक तथा केन्द्रीय संघ उपाध्यक्ष सुस्मिता गुरुङ, प्रशिक्षक भुवन मगर,कास्की जिल्लाका विशिष्ट व्यक्तित्वहरु लगायत गण्डकी जिल्ला समितिका एम वि आस्था, उपाध्यक्ष तारा थापा, भक्तपुर मार्शल आट्स हाप्किडो संघका अध्यक्ष पद्मा खयरगोली, उपाध्यक्ष रविन श्रेष्ठको पनि उपस्थिती थियो ।
शनिबार पहिलो अन्तराष्ट्रिय मार्शल आर्टस हाप्किडो सेमिनार गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री माननीय नरदेवी पुनले विदेशी ग्राण्डमास्टर, मास्टर लगायत नेपालका विभिन्न ४० जिल्लाबाट सहभागी खेलाडीहरुको उपस्थितीमा समुद्घाटन गर्नु भएको थियो ।
सो कार्यक्रममा एक सातासम्म आत्मरक्षाका विभिन्न कलाहरु अभ्यास गरिएको कलाको प्रर्दशन शनिबारै समुद्घाटन समारोहमा प्रर्दशन गरिएको थियो । भक्तपुर मार्शल आर्टस हाप्किडो संघले बालबालिका तथा महिला आत्मरक्षाका विभिन्न कलाहरु प्रस्तुत गरिएको सो कार्यक्रममा रुपन्देही, कास्की, दाङ तथा आर्मी फोर्सले पनि आत्मरक्षाका कला प्रस्तुत गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस