काठमाडौ-न्युजिल्याण्ड भ्रमणमा रहेको पाहुना टोली भारतले तेस्रो टि-२० खेलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै २ खेल अगावै टि-२० सिरिज आफ्नो पक्षमा पारेको छ।
सुपर ओभरमा पुगेको तेस्रो खेलमा जित निकाल्दै भारतले पाँच म्याचको सिरिजमा ३-० को अग्रता बनाएको हो।
सुपर ओभरमा घरेलु टोलीले दिएको १८ रनको लक्ष्य भारतले अन्तिम बलमा पुरा गरेको हो।
हेमिल्टनमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७९ रनको सम्मानजनक योगफल तयार पारेको थियो। रोहित शर्माले ६५, कप्तान विराट कोहलीले ३८ र लोकेश राहुलले २७ रन जोडेका थिए। न्युजिल्याण्डका लागि ह्यामिस वेननेटले ३ तथा मिचेल सान्टनर र कोलिन डि ग्राण्डहोमले समान १/१ विकेट लिएका थिए।
खेलको दोस्रो ईनिङमा १८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएपछि खेल बराबरीमा सकिएको थियो। कप्तान केन विलियम्सनले ९५ र मार्टिन गुप्टीलले ३१ रन बनाएको ईनिङसमा रोस टेलरले १७ र कोलिन मुनरोले १४ रन बनाए। भारतका सार्दुल ठाकुर र मोहम्मद सामीले समान २/२ तथा युजवेन्द्र चाहाल र रबिन्द्र जडेजाले समान १/१ विकेट लिए।
भारतले पहिलो खेलमा न्युजिल्याण्डलाई ६ विकेट र दोस्रो खेलमा ७ विकेटले हराएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस