काठमान्डौ-प्याराग्लाइडिङ विश्व कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औँ सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ।
नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुनेछ। नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसिया लगायतका ३० देशका १२५ चालक सहभागी बन्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
खेलाडी दर्ता गर्ने अन्तिम मितिसम्म ३० देशका १२५ पाइलट सहभागी हुने निश्चित भएको र आवश्यक तयारीलाई तीव्र बनाइएको प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले बताएका छन्।
प्रतियोगितामा नेपालका १२ खेलाडी सहभागी हुँदैछन्। एशियन टुरबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र ‘र्याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङ वल्र्ड कपको सुपर फाइनलमा प्रवेश पाउने छन्। एफएआइ (फेडेरेशन एरोनोटिक इन्टरनेशनल) बाट लाइसेन्स प्राप्त गरेको र वल्र्ड पाइलट र्याङकिङमा आबद्ध पाइलटले मात्र प्रतियोगितामा स्पर्धा गर्ने प्रतियोगिता व्यवस्थापक विमल अधिकारीले जानकारी दिए। ‘एक्युरेसी’ र ‘क्रसकन्ट्री’ विधाको प्रतिस्पर्धामा समग्रमा विजेता बन्न सफल पहिलोदेखि दशौँ स्थानसम्मका खेलाडीलाई मेडल, प्रमाण र ट्रफी प्रदान गरिने भएको छ।
त्यसैगरी महिला च्याम्पियसनसिप, टिम च्याम्पियनसिप र नेपाली च्याम्पियनमा पहिलोदेखि पाँचाै स्थानसम्मका विजेतालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगिता पोखरा र सिङ्गो राष्ट्रको इज्जतसँग जोडिएकाले यसलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग रहनुपर्नेमा जोड दिइएको छ। प्रतियोगिताको सुरक्षा व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ।
मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकूदको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्ने र नेपाल भ्रमण वर्ष-२०२० लाई सफल बनाउन प्रतियोगिताले मद्दत पुग्ने विश्वास लिइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस