काठमाडौं-नेपालले २४ वर्षे क्रिकेट इतिहासमा घरेलु मैदानमा आज पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेल्दैछ। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले ओमानसग ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो। खेल किर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ :०० बजेबाट सुरु हुदैछ।
नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिज आजबाट काठमाडौंमा सुरु हुदैछ।एकदिवसीय क्रिकेटको मान्यता पाएको झण्डै दुई बर्षपछि नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेल्न लागेको हो।
नेपालले दुई बर्ष अघि अगष्टमा नेदरल्यान्डसँग दुई खेल खेल्दै वान डे मा डेब्यू गरेको थियो। जुन सिरिज १-१ को बराबरीमा सकिएको थियो। नेपालले दुईवटा ओडीआई सिरिज खेलेको छ। दुवै सिरिज गुमाएको छैन। एकवर्ष पछि नेपालले ओडीआई खेल्न लागेको हो। दुई बर्ष अघि नेपालले युएईमा ऐतिहासिक दिवसीय अन्तराष्ट्रिय सिरिज खेल्दै उपाधि हात पारेको थियो। त्यसयता नेपालले आधिकारिक ५० ओभरको क्रिकेट खेलेको छैन।
नेपालले एक दिवसीय क्रिकेटको पछिल्लो सात बर्षमा ओमानलाई पराजित गर्न सकेको छैन्। किर्तिपुर मैदानमा हुने सिरिजमा नेपालले ओमान र अमेरिकासंग २/२ वटा खेल खेल्नेछ।
नेपाल बिरुद्ध ओमान : हेड टू हेड
हालसम्म नेपाल र ओमान ७ पटक एक दिवसीयमा आमने सामने भएका छन्। जसमा नेपाल र ओमान दुवैले समान ३-३ खेल जितेका छन्। नेपालले सुरुवाती ३ खेलमा जित हात पारेको थियो। ओमानले पछिल्लो ३ खेलमा नेपाललाई पराजित गर्दै आएको छ।
एसीसी ट्रफी-२००२ (सिंगापुर)
नेपाल १०५ रनको फराकिलो अन्तरले विजयी
एसीसी इलाईट ट्रफी-२०१०
नेपालले ६ विकेटले विजयी
आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ (बर्मुडा) २०१३
नेपाल २८ रनले विजयी
एसीसी प्रिमियर लिग-२०१४
ओमान २ विकेटले विजयी
एसिया कप छनोट-२०१८
ओमानसंग नेपाल पुन ७ विकेटले पराजित
आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२
नेपाल ओमानसंग ६ विकेटले पराजित
विश्वकप क्रिकेट लिग-२ सिरिजमा शीर्ष ३ मा पर्ने राष्ट्रले भारतमा हुने सन् २०२३ को विश्वकप छनोट खेल्न पाउनेछन्। १० टिम सहभागी हुने छनोटमा फाइनल पुग्ने टिमले विश्वकप खेल्न पाउनेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस