काठमाण्डौ- प्रिमियर लिग क्लब लिभरपुल एफए कपको पाँचौ चरणमा पुगेको छ। घरेलु मैदान एनफिल्डमा भएको चौथो चरणको रिप्ले खेलमा लिभरपुलले इग्लिंस क्लब श्रेसवरी टाउनलाई १-० ले पराजित गरेको छ।
पहिलो हाफ बराबरीमा रोकिएको खेलमा दोश्रो हाफमा भने श्रेसवरीका खेलाडीले आत्मघाती गोल गरेपछि लिभरपुलले जित हात पारेको हो। ७५ औ मिनेटमा श्रेसवरीका रो साउन विलियम्सले गरेको आत्मघाती गोल गरेपछि लिभरपुललाई पाँचौ चरणमा पुगेको छ। यसअघि श्रेसवरीको मैदानमा भएको खेलमा २-२ गोलको बराबरीमा खेलेका थिए।
जितसंगै लिभरपुलले पाँचौ चरणमा लण्डन क्लब चेल्सीसंग हुनेछ।
यस्तै चौथो चरणको रिप्ले खेलमै बर्मिङघम सिटिले कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटमा पराजित गर्दै पाँचौ चरणमा पुगेको छ। नियमित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा पुगेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गरेको हो।
रिडिङले कार्डिफ सिटीलाई पेनाल्टी सुटआउटमै पराजित गर्दै पाँचौ चरणमा पुगेको छ। निर्धारित र अतिरिक्त समयको खेल ३-३ गोलको बराबरीमा पुगेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गरेको हो। कार्डिफ सिटी २ जना खेलाडी पेनाल्टीमा गोल गर्न सकेनन्।
न्यु क्यासल युनाईटेडले अक्सफोर्ड युनाइटेडलाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै पाँचौ चरणमा पुग्न सफल भएको छ।
यस्तै डर्वी काउन्टीले नर्थह्याम्पटन सिटिलाई ४-२ ले पराजित गर्दै पाँचौ चरणमा स्थान पक्का गरेको छ।
टोटेनह्याम र साउथह्याम्पटनले आज प्रतिस्पर्धा गर्नेछन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस