काठमाडौं-आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आयोजक नेपाल,ओमान र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ। आज भएको ऐतिहासिक खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो।
त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गर्दै ओमानले दिएको १९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ४६.५ बलमा अलआउट हुँदै १७९ रन मात्र बनाउन सकेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो। ओमानका लागि मोहम्मद नदीमले अविजित रहदै ६९ अर्धशतकीय इनिङ्स खेले। सन्दीप गौदले ३३ रन जोड्दा कप्तान जिसन मकसुदले २० रन बनाए। त्यस्तै ओमानका अकिब ईकयासले १६ रन बनाए। ओपनर जतिन्दर सिंह ४ रन, खवार अली ५ रन, बादल सिंह ४ रन र सुरज कुमार ० रनमा आउट भए। नेपालका करण केसी एक्लैले ४ विकेट लिए। एकदिवसीयमा डेब्यु गरेका सुशन भारीले ३ विकेट हात पारे। यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे।
ओमानले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पछ्याएको नेपालका लागि शरद भेषवाकरले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। दिपेन्द्र सिंह ऐरीले ३६ रन बनाउदा सन्दीप लामिछानेले २८ रन बनाए। विनोद भण्डारीले २६ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा पारस खड्का ३ रनमा पेभेलियन फर्किए। सुशन भारी ८ रनमा आउट हुँदा आरिफ शेख ६ रन, रोहित कुमार पौडेल र करण केसी ० रनमा आउट भए। अविनाश बोहोरा ८ रनमा अविजित रहे। ओमानका जिसन मकसुदले ३ विकेट लिए। यस्तै बिलाल खान र कलिमुल्लाहले समान २/२ विकेट लिए।
घरेलु भूमिमा विश्वकप छनोट लिग-२ अन्तर्गत नेपालले हारबाट सुरुवात गरेको छ। अब नेपालले अमेरिकासँग शनिबार अमेरिकासँग खेल्नेछ। नेपाललाई हराएसँगै ओमान लिगको दोस्रो स्थानमा उक्लिएको छ। ओमानले ५ खेलमा १० अंक जोडेको छ। अमेरिका ६ खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस