काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत सिरिजको दोस्रो खेलमा आज बिहीबार ओमान र अमेरिकाबीचको खेल हुने भएको छ ।
पहिलो खेलमा नेपाल घरेलु मैदानमा ओमानसँग पराजित भएको छ । ओमानले नेपाललाई १८ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै १९७ रन बनायो ।
एक सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा समेटियो । ब्याटिङ गर्ने क्रममा ओमानका लागि मोहमद नदिमले ६९ रन बनाए । उनले दुई छक्का र पाँच चौका प्रहार गरे ।
यस्तै सन्दिप गौडले ३३, नशिम खुशीले २८, जेशन मक्सुदले २० र अकिब ल्यासले १६ रन बनाउनुभयो । ओमानले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहको रुपमा पहिलो विकेट गुमाएको थियो । उहाँलाई करन केसीले एक रन बनाएको अवस्थामा पेभेलियन फर्काए ।
ओमानले छ दशमलव चार ओभरमा १९ रनको स्कोर छँदा दोस्रो विकेट गुमाएको थियो । खबर अलीलाई व्यक्तिगत पाँच रनको स्कोरमा करन केसीले नै आउट गरेका हुन् ।
तेह्रौँ ओभरको तेस्रो बलमा अकिब ल्यास व्यक्तिगत १६ रनको स्कोरमा रन आउट हुनुभयो । त्यो बेला ओमानले ३९ रन बनाएको थियो ।
यस्तै सुशन भारीले खेलको १९औँ ओभरको चौथो र अन्तिम बलमा विकेट लिए ।
ओमानको स्कोर ५७ भएको अवस्थामा सुशनले जेशन मक्सुदलाई चौंथो विकेटको रुपमा पेभेलियन फर्काउनुभयो भने टोलीको स्कोर ५७ रन भएकै अवस्थामा नेपाली मूलका ओमानका खेलाडी सुरज कुमारलाई पाँचौँ विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्लद्वारा क्याच आउट गराए ।
मक्सुदले २० रन बनाउनुभयो । सुरजकुमार खाता नै नखोलिकन पेभेलियन फर्कनुभयो । सुशनले ३८औँ ओभरमा सन्दिप गौडलाई छैटौँ विकेटका रुपमा पेभेलियन फर्काए ।
उनले ३३ रन बनाउनुभयो । खेलको ४१ दशमलव चार ओभरमा ओमानले सातौँ विकेट गुमाएको थियो । बादल सिंहलाई पाँच रनमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले आउट गरे ।
नेपालका लागि ४६औँ ओभर सबैभन्दा महँगो सावित भयो । सो ओभरमा अभिनाश बोहराले १४ रन खर्चिए ।
ओमानले ४८औँ ओभरमा लगातार दुई विकेट गुमायो । करन केसीले ती दुवै विकेट लिनुभएको थियो । खेल अवधिभर ओमानले पाँच छक्का हान्यो । ओमानले ३६औँ ओभरमा दीपेन्द्रको बलमा पहिलो छक्का हानेको थियो ।
त्यसपछि उसले खेलको ४३औँ ओभरमा सन्दिप लामिछानेको बलमा दोस्रो छक्का प्रहार ग¥यो । यस्तै ४९औँ ओभरमा अभिनाश बोहराको बलमा तेस्रो छक्का तथा अन्तिम ओभरमा करन केसीको बलमा लगातार दुई छक्का प्रहार ग¥यो ।
बलिङतर्फ नेपालका लागि करन केसीले चार, सुशन भारीले तीन तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । करनले नौ ओभर बलिङ गर्दै एक मेडन राखी ४७ रन खर्चिए ।
यस्तै आफ्नो डेब्यु खेलमै सुशनले उत्कृष्ट खेल प्रदर्शन गरे । उनी नेपालकै किफायती बलर सावित भए ।
सुशनले १० ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र १४ रन खर्चिनुभयो । दीपेन्द्रले पाँच ओभर बलिङ गरी २२ रन खर्चिए ।
ओमानसितको खेलमा सन्दिप लामिछानेले भने दर्शकलाई निराश पारे ।
उनले कुनै विकेट लिन सकेनन् । उनले १० ओभर बलिङ गर्दै एक मेडन राखेर ४५ रन विपक्षी टोलीलाई दिए ।
जवाफी ब्याटिङ गर्ने क्रममा नेपालको शुरुआत राम्रो रहेन । नेपालले चौंथो ओभरमा पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्रलाई गुमायो । त्यो बेला नेपालको स्कोर मात्र चार रन थियो ।
यस्तै खेलको पाँचांै ओभरमा टोलीको स्कोर चार रन छँदा पारश एक रन बनाएर आउट भए ।
नेपालले आठ ओभरमा दुई विकेट गुमाएर मात्र १२ रन बनाउन सकेको थियो । दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले नेपालको पारीलाई उकासाए ।
दुवै जनाले ६२ रनको साझेदारी गरे । खेलको २१औँ ओभरमा दीपेन्द्र व्यक्तिगत ३६ रन बनाउँदै मोहमद नदिमको बलमा बोल्ड भए । त्यो बेला नेपालको स्कोर ६६ थियो । उनले ५७ बलमा एक छक्का र पाँच चौका हाने ।
यस्तै खेलको २४औँ ओभरमा नेपालले लगातार दुई विकेट गुमाए ।
खेलको म्यान अफ दी म्याच ओमानका मोहमद नदिम घोषित भए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस