काठमाडौं-विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज नेपालले ओमनको सामना गर्दैछ। यी दुई टीमबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९:३० बजे सुरु हुनेछ।
पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको नेपाल आज उक्त हारको बदला लिन चाहान्छ। यता ओमान भने नेपाललाई हराउँदै शीर्ष स्थानमा उक्लिने दाउमा छ। ओमानले अमेरिकालाई ६ विकेटले हराएको थियो। नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्दै शनिबार घरेलु मैदानमा पहिलो ओडीआई जित हात पारेको थियो। अमेरिकालाई जितेसँगै नेपालले ७ टिम सम्मिलित विश्वकप क्रिकेट लिग-२ मा अंकको खाता खोलेको छ। नेपालले जितपछि २ अंक जोडेको छ।
कुशल एक दिवसिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी समेत बने। उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तमान तोडेका हुन्।
कमल सिंह ऐरीको ओडीआई क्रिकेटमा डेब्यु
तीब्र गतिका बलर कमल सिंह ऐरीले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गर्ने भएका छन्। कमलले आईसीसी विश्वकप लिग -२ अन्तर्गत ओमानविरुद्ध डेब्यू गर्दै छन्। कमललाई नेपालको २३ औं ओडीआई क्याप कप्तान ज्ञानेन्द्र मल्लले दिएका हुन्। कमल सम्भवत सुरुवाती दुई खेलमा विकेट लिन नसकेका तीब्र गतिका बलर अभिनाश बोहराको स्थानमा मौका पाएका हुन।
नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पारस खड्का, अभिनास बोहरा, आरिफ शेख, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, कुशल मल्ल, कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, सन्दीप लामिछाने र सुवास खकुरेल
ओमान टोली
जिशान मकसूद (कप्तान) अकीब इकल्यास (उपकप्तान), जतिन्द्रर सिंह, खवार अली, सनुथ इब्राहिम, सुरज कुमार, मोहम्मद नसीम, सन्दीप गौड, मोहम्मद नदीम, जय ओडेदरा, बादल सिंह, अहमद बट, कलीमुल्लाह र बिलाल खान
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस