काठमाण्डाै-नेपालमा आयोजना भईरहेको आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएकाे छ।
नेपालले दिएकाे २५० रनकाे लक्ष्य ओमानले ४७.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्याे। लगातार तेस्रो जीत निकालेको ओमान तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ। बलियो योगफल बनाएपनि नेपालको बलिङ नचल्दा पराजित हुन पुगेको हो।
त्यसअघि आज बिहान टीयू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो। कप्तान ज्ञानेन्द्र मल्लले ५६ रन बनाए। ओपनर सुवासलाई २२ रन बनाउदा पारस ३८ रन, दीपेन्द्र सिंह ऐरी ० रन, कुशल मल्ल २८ रन, आरिफ शेख २८ रन, विनोद भण्डारीले ४७ बलमा ५ चौका सहित ३५ रन, विनोद भण्डारी ३५ रन,करण केसी १० रन, सन्दीप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रनमा अविजित रहे। ओमानका अलराउन्डर अकीब इलियसले ४ विकेट लिए। मोहम्मद नदीमले ३ विकेट लिए।
नेपालले दिएको २५० रन पछ्याएको ओमानका लागि तेस्रो विकेटका लागि अकीब इलियस र कप्तान जिशान मकसुदले १६७ रनको अविजित शतकीय साझेदारी गरेपछि नेपालले लज्जास्पद हार बेहोरेको हो। ओमानको जितमा अकीब इलियस १०९ रनमा अविजित रहे। कप्तान जिशान मकसुद ६८ रनमा अविजित रहँदै जित पक्का गरे। जतिन्दर सिंहले २३ रन र खवार अली ४१ रन बनाएर आउट भएका थिए। नेपालले ११ जना मध्ये ७ जना बलर प्रयोग गरेपनि कुशल मल्ल र सुशन भारीले मात्र १/१ विकेट लिन सफल भएका हुन्।
नेपाल पहिलो खेलमा पनि ओमानसँग १८ रनले पराजित भएको थियो। यो जितसँगै ओमान ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। नेपालको ३ खेलमा २ अंक बनाएको छ।
नेपालले अब अन्तिम खेल बुधबार अमेरिकासँग खेल्ने छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस