काठमाण्डौ-शहीद स्मारक ए डिभिजन लिग फुटबल मा सरस्वती युवा क्लब च्यासल युथ क्लबसँग पराजित भएसँगै बाट बी डिभिजनमा घटुवा भएको छ।
हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपिएफ) को खेल मैदानमा आज भएको १२औँ चरणको खेलमा सरस्वती च्यासल युथ क्लबसँग २-१ गोल अन्तरले पराजित हुँदै बी डिभिजन लिगमा घटुवा भएको हो। नेपाली फुटबलको शीर्ष डिभिजनमा रहिरहन जित्नै पर्ने खेलमा पराजित भएपछि सरस्वती लिगको एक खेल खेल्न बाँकी छँदै बी डिभिजनमा घटुवा भएको हो।
सरस्वतीबाहेक अन्य टोली अब घटुवा हुने छैनन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस पटक १४ टोलीमा एक टोली मात्र घटुवा हुने प्रावधान बनाएको थियो। क्लबको इतिहासमा सरस्वती दोस्रो पटक घटुवा भएको हो। यसअघि वि सं २०६३ मा पहिलो पटक ’ए’ डिभिजन लिग खेलेको सरस्वती सोही वर्ष बी डिभिजनमा घटुवा भएको थियो। त्यसयता ए डिभिजनमा रहेर खेलिरहेको थियो।
च्यासलको जितमा जापानी खेलाडीद्वय ताइगा नाकामुरा र हायातो वाकिनोले एकएक गोल गरे। सरस्वतीका लागि भने काजिम बुसारीले एक गोल फर्काए। खेलको १८ औँ मिनेटमा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ६६ औँ मिनेटमा वाकिनोले गोल गर्दै च्यासललाई २-० को अग्रता दिलाए।
त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा सरस्वतीका बुसारीले एक गोल फर्काएपछि २-१ को स्थितिमा पुगेको हो। खेलको म्यान अफ दि म्याच च्यासलका नाकामुरा चुनिए। च्यासलसँगको हारसँगै सरस्वतीले १२ खेलमा ४ अङ्क जोड्यो। अब सरस्वतीले लिगको अन्तिम खेलमा सङ्कटा क्लबसँग खेल्नेछ। सरस्वतीलाई पराजित गरेसँगै च्यासल भने १५ अङ्क जोडेर लिगको नवौँ स्थानमा उक्लिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस