काठमाडौं- नेपालमा भईरहेको विश्वकपक्रिकेट-२०२२ छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ को नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग खेल्दैछ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय मैदानमा खेल बिहान ९:३० बजे बाट सुरु हुनेछ।
नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा दोस्रो पटक खेल्न लागेका हुन्।
पहिलाे खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो।
अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेको छैन। पहिलो र दोस्रो खेलमा अमेरिका ओमानसंग पराजित भएको छ।
यस्तै नेपालले सिरिजका ३ खेल मध्य १ मा जित र २ मा हार ब्यहोरेको छ।
नेपाल दुवै पटक ओमानसंग पराजित भएको छ। पहिलो खेलमा १८ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसंग ८ विकेटले हारेको छ।
नेपाल भ्रमणमा रहेको ओमान भने सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
लिगको शीर्ष स्थानमा रहेको ओमानले १० खेलमा १६ अंक जोडेको छ। अमेरिका ११ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
लिगको ३ खेलमा २ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ। आज नेपालले हराउदै तालिकामा सुधार गर्न चाहन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस