काठमाण्डौ-नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गरेको छ।
किर्तिपुरस्थित त्रि बि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा गरेको अमेरिका १२ ओभरमा अलआउट भएको हो। टस हारेर ब्याटिङ गरेको अमेरिकाले ओभरमा १२ ओभरमा अल आउट हुँदै ३५ रनमा बनाएको थियो। यो ओडीआईको सर्वाधिक कम योगफल हो। यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो। जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो।
अमेरिकाको ईनिङसमा जेभियर मार्सलले १६ रन बनाएको थिए भने अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।
अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए। सन्दीपको यो करिअरकै उच्च प्रदर्शन हो। नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका छन्। सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए। करण केसीले ३ ओभर बलिङ गरेर १३ रन खर्चदा कुनै विकेट हात पार्ने सकेनन्।
अमेरिकाले प्रस्तुत गरेको ३६ रनको विजयी लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो। नेपालका दीपेन्द्र सिंह ऐरी ११ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे। त्यस्तै पारस खड्का १२ बलमा ३ चौका र १ छक्का सहित २० रनमा अविजित रहे। कप्तान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल ० रनमा आउट भए। अमेरिकाका नोसथुस केन्जीगेले २ विकेट लिए।
यो जितसंगै घरेलु मैदानमा आयोजित लिग-२ को त्रिकोणात्मक सिरिजको नेपालले सुखद अन्त्य गरेको छ। नेपालले ४ खेल खेल्दै २ जित २ हार गरेर ४ अंकका साथ छैटोँ स्थानमा छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस