काठमाण्डौ-विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो। पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसले तीनै गोल दोस्रो हाफमा गर्यो ।
दोस्रो हाफमाहेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले खेलको ४९औँ मिनेटमा गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको ५६ औँ मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गरे भने खेलको ८५ औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै उनले ह्याट्रिक पूरा गरे।
जितसँगै पुलिसले लिगमा सुखद अन्त्य गरेको छ। पुलिस १३ खेलमा २० अङ्क जोड्दै अङ्कतालिकाको पाँचौं स्थानमा रहेको छ। पराजित फ्रेण्ड्स भने १३ खेलमा १४ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस