पोखरा-नेपालका प्रेरणा कोइराला र अभिलाषा विष्ट पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन(आइटिएफ)को जुनियर यु-१८ टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
जिल्ला टेनिस सङ्घ कास्कीको आयोजना तथा अन्तर्राष्ट्रिय टेनिस महासङ्घको समन्वयमा माघ २७ गतेदेखि पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भइरहेको प्रतियोगिताको बिहीबार भएको महिला एकलतर्फको प्रतिस्पर्धामा कोइरालाले नेपालकै सलोनी तामाङलाई ७-५ र ६-४ को सेटमा जीत निकाल्दै सेमिफाइनल प्रवेश गरेका हुन्।
त्यसैगरी जापानका अओका नागासावालाई ६-१ र ६-४ को सोझो सेटमा पराजित गर्दै विष्टले अन्तिम चारको यात्रा तय गरेका छन्। भारतीय खेलाडी गर्गी परवरले चिनियाँ खेलाडी सुहाङ लियाङलाई ६-२ र ६-२ को सेटमा पराजित गर्दै सेमि फाइनलमा स्थान सुरक्षित गरेका छन्। सिङ्गापुरका डिने चोले चीनका हुवाई चाङलाई ७-५ र ६-२ को सेटमा पराजित गरेका छन्। पुरुष एकलतर्फको प्रतिस्पर्धामा भारतका जस्मिनी सिधानाले भारतकै टोरस रावतलाई ६-२ र ६-१ को सेटमा पराजित गरी जीत हासिल गरे भने भारतका कृष्ण होडाले जापानका साटोरु नाकाजिमा माथि जीत हासिल गरेका छन्।
जापानका शोगो साण्डाले भारतीय खेलाडी आर्यन लक्ष्मणलाई ६-७(४), ६-०, ६-४ को सेटले पराजित गरेका छन्। भारतका अमन दहियाले जर्मनका पउल अर्मिन एलब्रक्टमाथि ६-३ को समान सेटमा जीत हासिल गरेका छन्। महिला डवल्सतर्फ भारतका गर्गी परवर र हृदय शाको जोडीले मलेसियन हुई इलसो र नेपाली खेलाडी सलोनी तामाङको जोडीलाई ६-४ र ६-३ को पराजित गर्न सफल भएका छन्।
हङकङका इरिका कान्न हगी र भारतका रिया उबोभेजाको जोडीले नेपाली खेलाडी अभिलाषा विष्ट र इरा मेहेरनिसा रावतको जोडीलाई ६-३, ६-२ को सेटमा पराजित गरेको प्रतियोगिता संयोजक सूर्य भुजेलले जानकारी दिएका छन्।
पुरुष डवल्सतर्फ भारतका अदिय बरदान रोय चौधरी र जैस्मिन सिधानाको जोडी र भारतकै अमन दहिया र हीरक भोराको जोडीबीच फाइनलमा प्रतिष्पर्धा हुने भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस