काठमाडौँ – त्रिभुवन आर्मी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ ।
शनिबार दशरथ रंगशालामा भएको खेलको ३३ औं मिनेटमा उपहार पाएको गोलले नै मच्छिन्द्रलाई यो संस्करणको च्याम्पियन बनायो । आर्मीका विकास तामाङले गरेको आत्मघाती गोलले च्याम्पियन बनेको मच्छिन्द्रले पहिलो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो । फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा विकासले आफ्नै पोष्टमा गोल गरे । उनले रञ्जित धिमालको फ्रिकिक क्लियर गर्न खोजेका थिए । उनको त्यही गल्तिले आर्मी इतिहास बनाउनबाट चुक्यो ।
आजको खेलमा आर्मीले बराबरी मात्रै गर्न सकेको भएपनि लिग उपाधि जित्ने अवस्थामा थियो । लिगभरी दुबै टोलीले समान प्रदर्शनमा गरेको भएपनि गत सिजन अन्तिम २ मा रहेका कारण मच्छिन्द्रको यो सिजन एक अंक ऋण बोकेको थियो । त्यसैको फाइदा आर्मीले उठाउन नसक्दा उपाधिबाट चुक्यो । उपाधि विजेता मच्छिन्द्रले १३ खेलमा ३१ अंक जोड्न सफल रह्यो । दोस्रो स्थानमा रहेको आर्मीले २९ अंकमा चित्त बुझायो ।
मच्छिन्द्रले १० मा जित, २ मा बराबरी र १ खेलमा हार निकाल्दा आर्मीले ९ मा जित २ मा बराबरी र २ खेलमा हारतको नतिजा निकालेको थियो । लिगमा मनाङ मस्र्याङ्दी क्बलले २८ अंक जोड्दै तेस्रो स्थान बनायो । २६ अंकका साथ थ्रीस्टार चौथो, २० अंकका साथ नेपाल पुलिस क्लब पाँचौ र १९ अंकका साथ जाउलाखेल युथ क्लब छैटौँ स्थानमा रह्यो । शीर्ष ६ टोलीले आगामी वैशाखमा राष्ट्रिय लिग खेल्न पाउनेछन् । सरस्वती युथ क्लब भने बी डिभिजनमा घटुवा भएको छ । १३ खेलमा उसले ४ अंक मात्रै जोड्न सक्यो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस