काठमान्डौ-अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय बरियतामा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम ले एक स्थान सुधार गरेको छ। आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६ औँ स्थानमा उक्लिएको छ। यसअघिको बरियतामा नेपाल १७ औँ स्थानमा थियो।
हालै नेपालले घरेलु मैदानमा विश्व क्रिकेट लिग-२ मा आफ्नो प्रदर्शनमा सुधार गरेका कारण एक स्थान माथि उक्लिन सफल भएको हो। लिग-२ मा नेपालले अमेरिकासङ्गको दुवै खेल जितेको थियो। ओमानसितको दुवै खेलमा भने नेपाल पराजित भएको थियो।
नयाँ बरियताअनुसार नामिबिया, युनाइटेड अरब इमिरेटस् (युएई), अमेरिका र पपुवा न्युगिनी नेपालभन्दा पछाडि रहेका छन्। बरियताअनुसार शीर्ष स्थानमा इंगल्याण्ड (बेलायत) रहेको छ। दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौँ स्थानमा अष्ट्रेलिया छ।
आइसीसी विश्व टी २० बरियतामा भने नेपाल १२ औँ स्थानमा यथावत छ। व्यक्तिगततर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले आफ्नो बरियतामा सुधार गरेका छन् भने पारस खड्का यथावत अवस्थामा छन्। बलिङमा सन्दिप ८४औँ स्थानमा छन्। यसअघि उनी ८५ औँ स्थानमा थिए। यसअघि ७५ औँ स्थानमा रहेका करन ७४ औँ स्थानमा पुगेका छन्।
यस्तै अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा यथावत छन्। ब्याटिङतर्फ पारस ६२ औँ स्थानमा यथावत छन्। समोपाल कामी पनि ६५ औँ स्थानमा यथावत छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस