काठमान्डाै-गत सिजनको डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ। गए राति लिभरपुल घरेलु टोली स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडसँग १-० ले पराजित भएको हो। त्यस्तै जर्मन क्लब बोरुसिया डर्टमुन्डले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-१ ले पराजित गरेको छ।
लिभरपुल बिरुद्ध एथ्लेटिको म्याड्रिड
घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा पाहुना टोलि लिभरपुल सम्हालिन नपाउदै खेलको चौथो मिनेटमा नै सउल निग्वेजको गोलबाट घरेलु टोलीले खेलमा १-० को अग्रता बनाएको थियो।
सुरुवातमै पछि परेपछि लिभरपुलले बल पोजेसनमा पकड जमाउँदै घरेलु टोलीलाई दवावमा राख्दै २६ औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो। रोबर्टाे फिर्मिनोले मोहम्मद सलाहको पासमा गोल गरेपनि उनी अफसाइड ठहरिए। त्यसअघि २५ औं मिनेटमा भर्जिल भान डाइकले अल्भेरो मोराटोको प्रहारलाई गोल लाइनबाट क्लियर गरिदिएका थिए। २९ औं मिनेटमा फिर्मिनोको पासमा एन्ड्र्यु रोवर्टसनको प्रहार बाहिरियो। ३५ औं मिनेटमा फिमिनोकै पासमा सलाहको प्रहारलाई फिलिपेले ब्लक गरिदिएका थिए।
दोस्रो हाफमा लिभरपूलका सदियो माने को स्थानमा डिभोक ओरिगी मैदान प्रबेस गर्दा लेमारको स्थानमा लोरेन्टे मैदानमा छिरे। ५३औं मिनेटमा सलाहले अर्काे अवसर खेर फाल्दा लिभरपुल बराबरी गर्नबाट चुक्यो। ६८ औं मिनेटमा अल्भेरो मोराटाले गोलको सुन्दर मौका खेर फाल्दा एथ्लेटिको अग्रता दोब्बर पार्नबाट चुकेको थियो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा एट्लेटिको १-० ले विजयी भएको हो।
अब दोस्रो लेग लिभरपुलको घरेलु मैदान एनफिल्डमा ११ मार्चमा हुनेछ। लिभरपुललाई अघिल्लो चरणमा पुग्न कम्तीमा पनि जित आवश्यक छ। एथ्लेटिकोलाई अघिल्लो चरण पुग्न बराबरी नै पर्याप्त हुनेछ।
बोरुसिया डर्टमुन्ड बिरुद्ध पेरिस सेन्ट जर्मेन (पीएसजी)
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ-१६ को पहिलो लेगमा बोरुसिया डर्टमुन्डले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-१ ले पराजित गरेको छ।
घरेलु मैदान सिग्नाल इडुना पार्कमा हालान्डले २ गोल गरे भने पीएसजीका लागि नेयमारले १ गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा ३ गोल भएको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ६९ औं मिनेटमा डर्टमुन्डका हालान्डले गोल गर्दै १-० को अग्रता दिलाए। ७५ औं मिनेटमा पीएसजीका लागि नेयमारले गोल गरेपछि खेल १-१ को बराबरीमा आएको थियो। लगत्तै ७७ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको बराबरी दुई मिनेट पनि टिक्न दिएनन्।
अब यी दुईबिचको दोस्रो लेग मार्च ११ मा पेरिसको घरेलु मैदान पार्क दे प्रिन्समा हुनेछ।
आज राती हुने प्रि-क्वाटरफाइनलको पहिलो लेगका खेलहरु
टोटेनह्याम हटस्पर्स बिरुद्ध आर बि लेप्जिग (राती १:०० बजे)
भ्यालेंसिया बिरुद्ध एटलान्टा (राती १:०० बजे)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस