काठमाण्डौ-शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता-२०७६ यही फागुनको दोस्रो सातादेखि शुरु हुने भएको छ। यही फागुन ११ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच उद्घाटन खेल हुनेछ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने र प्रतियोगिता चैत २३ गते सम्पन्न हुनेछ। लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन्। जसमा एक टोली ए डिभिजनमा बढुवा हुनेछ भने एक टोली सी डिभिजनमा घटुवा हुनेछ।
लिगमा श्री कुमारी क्लब, ब्वाइज युनियन, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, रानीपोखरी कर्नर टिम (आरसिटी), सातदोबाटो युथ क्लब, मध्यपुर युथ एशोसिएशन, पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबले प्रतिस्पर्धा गर्नेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस