काठमाण्डौ-युइएफए युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा गए राती ८ वटा खेलहरु भएका छन् जसको नतिजा यसप्रकारका छन्।
आर्सनल बिरुद्ध ओलम्पियाकोस
इंग्लिस क्लब आर्सनलले ग्रीसको ओलम्पियाकोसमाथि १-० को साँघुरो जित निकालेको छ। दुवै टोलीले गोलको केही अवसर गुमाउदा प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा खेल सकिन ९ मिनेट बाँकी रहँदा एलेक्सान्द्रे लाकाजेटले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाएका थिए। त्यसपछि थप गोल हुन् नसक्दा त्यही गोल नै निर्णायक भएको हो। दोस्रो लेग आसर्नलको मैदानमा २८ फेब्रुअरीमा हुनेछ।
म्यानचेस्टर युनाइटेड बिरुद्ध क्लब ब्रुगी
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बेल्जियन क्लब ब्रुगीसँग १-१ गोलको बराबरीमा रोकिएको छ।
क्लब ब्रुगीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको १५ औं मिनेटमा इमानुयल डेनिसले गोल गर्दै क्लब ब्रुगीलाई अग्रता दिलाएका थिए। क्लब ब्रुगीका गोलरक्षक सिमोन मिग्नोलेटको दिएको लामो पासमा युनाइटेडका गोलरक्षक सर्जियो रोमेरो पोजेसनमा नरहँदा इमानुयल डेनिसले गोल गर्न सफल भएका थिए। ३६ औं मिनेटमा एन्थोनी मार्सियालले बराबरी गोल फर्काएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकिएको हो। दोस्रो लेग युनाइटेडको मैदानमा २८ फेब्रुअरीमा हुनेछ।
वुल्भ्स बिरुद्ध इस्पान्योल
घरेलु मैदानमा भएको खेलमा वुल्भ्सले स्पेनिस क्लब इस्पान्योलमाथि ४-० को सानदार जित निकालेको हो। वुल्भरह्याम्पटन वेस्ट मिडल्यान्डमा भएको खेलमा घरेलु टोलीका लागि खेलको १५ औं मिनेटमा जोथाको गोलबाट अग्रता बनाएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको वुल्भ्सले दोस्रो हाफमा ३ गोल गरेको हो।
दोस्रो हाफको ५२ औं मिनेटमा रुवेन नेभेसले गोल गर्दै अग्रता दोब्बर पारे। ६७ औं मिनेटमा जोथाले टोलीका लागि तेस्रो गोल गर्दै वुल्भ्सलाई फराकिलो जिततर्फ अग्रसर गराए। ८१औं मिनेटमा जोथाले ह्याट्रिक पुरा गर्दै वुल्भ्सलाई ४-० को फराकिलो जित दिलाए। फराकिलो जितसँगै वुल्भ्सले युरोपा लिगको प्रि-क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। २७ फेब्रुअरीमा हुने दोस्रो लेगमा बराबरी नै वुल्भ्सको लागि अर्काे चरण पुग्न पर्याप्त हुनेछ। इस्पान्योललाई अर्काे चरण पुग्न कम्तीमा पनि ५-० को जित आवश्यक छ।
इन्टर मिलान बिरुद्ध लुडोगोरेट्स
ईटालियन क्लब इन्टर मिलानले बुल्गेरियन क्लब लुडोगोरेट्सलाई उसकै मैदान लुडोगोरेट्स एरिना राजग्राडमा २-० ले पराजित गरेको छ। इन्टर मिलानले दुवै गोल दोस्रो हाफमा गरेको हो। दोस्रो हाफको ७१ औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। इन्ज्युरी समयमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २-० को जित दिलाए।
यी दुईको दोस्रो लेग २८ फेब्रुअरीमा इन्टरको मैदानमा हुनेछ। यसमा बराबरी या जित हात पारे इन्टर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्नेछ। लुडोगोरेट्सलाई अर्काे चरण प्रवेश गर्न कम्तीमा पनि ३-० को नतिजा आवश्यक छ।
युइएफए युरोपा लिगको राउन्ड अफ-३२ का अन्य नतिजाहरु
गेटाफे २-० आजाक्स
सेभिल्ला १-१ सि एफ आर क्लज
फ्रान्कफर्ट ४-१ साल्जवर्ग
एफ सी कोपेनहेन १-१ सेल्टिक
साख्तर डोनेक्स २-१ बेन्फिका
स्पोर्टिङ लिस्वन ३-१ इस्तानुवुल बासकशेर
एफ सी बासेल ३-० अपोइल निकोसिया
ए जेड अल्कामार १-१ एल ए एस के (लास्क)
बायर लिभरकुसेन २-१ एफ सी पोर्टाे
वुल्फ्सवर्ग २-१ माल्मो
रेन्जर्स ३-२ एफ सी ब्रागा
ए एस रोमा १-० जेन्क
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस