कुश्माबजार-मौसममा बदली आएर वर्षासमेत भएपछि पर्वतमा भइरहेको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका फाइनलका दुई खेल रोकिएका छन्।
आज बिहान ९ बजे तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र होङवान्जी न्यू डायमन्ड एकेडेमी तथा ११:०० बजे विजेता र उपविजेताका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने तयारी भएको थियो।
बिहानदेखि यस क्षेत्रमा वर्षा भएकाले मैदान चिप्लो बन्दा शुक्रबारका खेलहरु स्थगत गर्नु परेको रेफ्री टहलसिंह थापाले जानकारी दिएका छन्। थापाका अनुसार वर्षा रोकिएर मौसम अनुकूल भएका शनिबार दुईवटै खेल सम्पन्न गर्ने तयारी छ।
१३ औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवका अवसरमा आयोजित प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलमा आ-आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पुलिस र एपिएफ फाइनलमा पुगेका हुन्। एपिएफले होङग्वान्जी न्यू डायमन्डलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो भने एपिएफले होङवान्जी न्यू डायमन्ड एकेडेमीलाई पराजित गरेको थियो। पुलिसले भने विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो।
प्रतियोगिताको विजेताले दुई लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार नगद प्राप्त गर्नेछन्। वर्षाले महोत्सवका अन्य कार्यक्रमसमेत प्रभावित बनेका छन् । गत फागुन १ गतेबाट पर्वतको जलजला गाउँपालिका-३ वारीबेनीको जुकेधारा मैदानमा भइरहेको महोत्सवको समापन फागुन ११ गते हुने रेडियोकी अध्यक्ष कल्पना चापागाईंले जानकारी दिएकी छिन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस