काठमाण्डौ-युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिग २०१९/२० मंगलबार राति भएको अन्तिम-१६ को पहिलो लेगअन्तर्गत उपाधि दाबेदार मानिएको स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीसँग बराबरी खेलेको छ। त्यस्तै अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीमाथि सानदार जित हात पारेको छ।
बार्सिलोना बिरुद्ध नापोली
गएराति भएको खेलमा बार्सिलोनले नापोलीसँग १-१ गोलको बराबरी खेलेको छ। नापोलीको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि ड्रायस मार्टेन्सले गोल गरे भने बार्सिलोनाका लागि एन्टोइन ग्रिजम्यानले गोल गरे।
खेलमा घरेलु टोली नापोलीले सुरुआती अग्रता बनाएको थियो। खेलको ३०औं मिनेटमा ड्रायस मार्टेन्सको गोलमा घरेलु टोलीले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो। दोस्रो हाफको ५७ औं मिनेटमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। खेलको ८९ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो बार्सिलोनाका खेलाडी अर्टुरो भिडालले रातो कार्ड पाउँदै बाहिरिएका थिए।
अब नापोलीले दोस्रो लेगको खेलमा बार्सिलोनासँग स्पेनमा आएर बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा प्रतिस्पर्धा गर्नेछ। यो खेल १८ मार्चमा हुनेछ।
चेल्सी बिरुद्ध बायर्न म्युनिख
युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीमाथि जर्मन क्लब बायर्न म्युनिख सहज जित निकालेको छ।मंगलबार राति भएको अन्तिम-१६ को पहिलो लेगअन्तर्गत चेल्सीलाई बायर्न ३-० गोलले हराएको हो।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा बायर्नलाई जिताउन सर्जि गानब्रीले २ गोल गरे भने रोबर्ट लेवान्डोस्कीले एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा नै बायर्नले ३ गोल गरेको थियो।
खेलको ५१ औं मिनेटमा गानब्रीले गोल गदै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। लगत्तै ५४ औ मिनेटमा ग्नाब्रीले दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाएक थिए। यस्तै खेलको ७६ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बायर्नले ३-० गोलको जित निकालेको हो। खेलको ८३ औं मिनेटमा चेल्सी १० खेलाडीमा सीमित बनेको थियो। उसका खेलाडी मार्कोस एलोन्सोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। जितसँगै बायर्नले क्वार्टरफाइनलको यात्रा सहज बनाएको छ।
अब बार्यन र चेल्सीले दोस्रो लेगमा बायर्नको मैदान एलियान्ज एरेनामा खेल्नेछन्। यो खेल १८ मार्चमा हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस