काठमाडौ-स्पेनिस ला लिगाको दोस्रो ‘एल क्लासिको’ खेलमा रियल म्याड्रिडले क्लब बार्सिलोनालाई पराजित गरेको छ।
रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले बार्सिलोनालाई २-० ले पराजित गरेको हो।
पहिलो हाफको खेलमा अधिकांश समय बार्सिलोना हावी हुदा रियलका गोलकिपर थिबाउट कोर्टुवाले बार्सिलोाको ३ वटा सशक्त प्रहारहरु रोकेका थिए। पहिलो हाफ ०-० मा सकिएको थियो।
दोस्रो हाफमा म्याड्रिडले सुधारिएको खेल खेल्दै ७१ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै १-० को अग्रता दिलाए।
इन्ज्युरी समयमा सब्सिच्युट मारियानो डियाजले मैदान छिरेको पहिलो मिनेटमा गोल गर्दै रियललाई २-० को जित दिलाए।
निकै नै महत्वपुर्ण मानिएको खेलमा बार्सिलोनालाई हराउँदै रियलले शीर्षस्थानमा १ अंकको अग्रतासहित तालिकाको शिर्ष स्थानमा पूनरागमन गरेको छ। जितसँगै रियललको २६ खेलबाट ५७ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ। पराजित बार्सिलोनाको समान खेलबाटै ५६ अंक जोडेर दोस्रो स्थानमा झरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस