काठमाण्डौ-लगातार तेस्रोपटक इंग्लिस फुटबल लिग (इएफएल) अर्थात कारवाओ कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।
आइतबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई २-१ गोलान्तर्ले पराजित गर्दै सिटीले लगातार तेस्रो पटक कारवाओ कपको उपाधि जितेको हो। यस्तै उसले पछिल्लो पाँच वर्षमा यो उपाधि जितेको चौथो पल्ट हो ।
वेम्बली स्टेडियममा भएको खेलमा सिटीका लागि एगुरो र रोड्रिगोले गोल गरे। एमबवाना समाटाले भिल्लाका लागि एक गोल फर्काए पनि त्यसले उपाधि जिताउन सकेन। खेलको २० औं मिनेटमा सर्जियो अगुइरोको गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो। उनले फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए। ३० औं मिनेटमा रोड्रीले इके गुन्डोगानको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए। ४१ औं मिनेटमा एमबवानाले गोल गर्दै एस्टन भिल्लालाई खेलमा फर्काउने संकेत दिएका थिए। तर, दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा पहिलो हाफमा लिएको २-१ को अग्रता नै सिटीलाई च्याम्पियन बन्न सफल भएको हो।
सिटी संगको हारले एस्टन भिल्लाका लागि सन् १९९६ यता पहिलो उपाधि जित्ने सपना अधुरो नै रहेको छ। तर सिटीले भने इंग्लिस फुटबलका पछिल्ला ७ ठूला उपाधिमध्ये ६ वटा जितेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस