काठमाण्डौ-एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा आज आयोजक थाईल्यान्डसँग खेल्दै छ। खेल बिहान ८ः१५ मा थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपाल यस प्रतियोगिताबाट उपाधि जित्दै एसिया कप छनोटमा पुग्न चाहन्छ। इस्टर्न रिजनको सहभागी पाँच राष्ट्रमध्ये फाइनल पुग्ने दुई टिमले एसिया कप छनोटमा स्थान बनाउने छन्। त्यसैले शीर्ष दुईमा स्थान बनाउन नेपाललाई थाइल्याण्डविरुद्ध जित निकाल्नुको विकल्प छैन। नेपालले जित निकालेर पनि शीर्ष दुईमा स्थान बनाउन सक्ने छैन। नेपाललाई अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ।
मुख्यत नेपालले शीर्ष दुईमा स्थान बनाउन हङकङको भर पर्नु पर्नेछ। हङकङले बाँकी रहेको खेलमा फराकिलो जित हात पारे नेपालले शीर्ष दुईमा स्थान बनाउने समिकरण रहेको छ। जसमा नेपालले समेत बाँकी खेलमा फराकिलो जित निकाल्नु जरुरी रहेको छ।
पहिलो खेलमा मलेसियासँग २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको नेपालले थाईल्यान्ड र सिंगापुर दुबैलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ।
थाईल्यान्ड हङकङ र मलेसियासँग समान ८ विकेट तथा सिंगापुरसँग ४३ रनले पराजित हुँदै एसिया कप यात्राबाट बाहिरिसकेको छ। थाईल्यान्ड अन्तिम खेलमा ओडीआई टोली नेपालको खराब लयको फाइदा उठाउँदै अप्रत्याशित जित निकाल्ने सोचमा रहने छ।
साथै आज हुने अर्को हङकङ र सिंगापुरको नतिजाले ठूलो प्रभाव पार्ने छ। हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ । सिंगापुरले जित्दा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना सकिने छ ।
नेपाल २ खेलमा २ हार व्यहोर्दा अंक जोड्न सकेको छैन। नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। थाइल्याण्ड समेत ३ खेलमा कुनै अंक जोड्न नसक्दा तालिकाको पुछारमा रहेको छ।
नयाँ टि-२० वरियतामा नेपाल १५ औँ र थाईल्यान्ड ६५ औं स्थानमा छन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस