काठमाण्डौ-थाईल्याण्डमा जारी एसीसी ईष्टर्न रिजन टि-२० क्रिकेट प्रतियोगीतामा सिंगापुरले आज भएको खेलमा हङकङलाई १६ रनले हराउदै सिंगापुरले एक खेल अगावै एसीयाकप क्वालिफायरमा स्थान बनाएको हो।
बैङककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेको सिंगापुरले ५ विकेट गुमाई १६८ रनको सम्मानजनक योगफल तयार पारेको थियो। टिम डेभिडले सर्बाधिक ५८ रन बनाएको ईनिङसमा मनप्रित सिंहले अबिजित ४२ र सुरेन्द्र चन्द्रमोहनले ३२ रनको योगदान गरे। सिद्धान्त सिंहले १७ रन जोडे। हङकङका अफताव हुसैनले २ तथा एहासन खान र अजिज खानले समान १/१ विकेट लिए।
सिंगापुरले दिएको १६९ रनको उच्च चुनौती पछ्याएको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो। हङकङको लागि जेम्मी एटकिन्सनले सर्बाधिक ५० रन बनाए। स्कट स्टेफनले १८, शाहिद वासिफले १७, एहासन खानले १५ र किन्चीत शाहले १४ रन बनाए। सिंगापुरका लागि अनन्त कृष्ण, आर्यमन सुनिल र आहान एचहारले समान २ विकेट लिए। टिम डेभिड र अमजाद महबुवको नाममा समान १/१ विकेट लिए।
एसीया कप क्वालिफायरमा पुग्ने अर्को टोलीको टुंगो शुक्रबार हुने हङकङ र मलेसियाबिच शुक्रबार हुने खेलले लगाउने छ। शुक्रबार नै नेपालले सिंगापुरसंग खेल्नेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस