काठमाडौं-अष्ट्रेलियामा जारी आईसीसी टी-२० महिला विश्वकपमा भारतीय महिला क्रिकेट टिम फाइनलमा पुगेको छ ।
आज पहिलो सेमिफाइनलमा भारत र इंग्ल्याण्डले खेल्नुपर्ने थियो। तर, भारी वर्षाका कारण खेल हुन पाएन। खेल बर्षाका कारण रद्ध भएपछि समुह चरणको प्रदर्शनको आधारमा भारत फाइनलमा पुगेको हो। त्यस्तै इङल्याण्ड भने दुर्भाग्यवश खेल नै नखेली बाहिरिएको छ।
भारतले समुह चरणमा ४ खेलमै जित निकालेर ८ अंकका साथ समूह ‘ए’को शीर्षस्थानबाट सेमिफाइनलमा स्थान बनाएको हो इंग्ल्याण्ड भने तीन खेल मात्र जितेर ६ अंकको साथ दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको थियो।
दोस्रो सेमिफाइनल पनि आजै हुने तालिका रहेको छ। दोस्रो सेमिफाइनल आयोजक अष्ट्रेलिया र दक्षिण अफ्रीकाबीच हुनेछ।
योसँगै भारत पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेको छ। यसअघि भारत सेमिफाइनलबाट बाहिरिएको थियो । अघिल्लो विश्वकपमा सेमिफाइनलमा भारत इङल्याण्डसँग पराजित भएको थियो ।
अब भारतले फाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रीकाबीचको विजेतासँग खेल्ने छ। फाइनल खेल मार्च ८ मा हुनेछ।
सेमिफाइनलको लागि कुनै रिजर्भ डे नराखिएको कारण भारतीय टिमले सिधै फाइनलमा स्थान बनाएको हो।
यो सँगै भारतले ४ खेलमै जित निकालेर ८ अंकका साथ समूह ‘ए’को शीर्षस्थान बाट सेमिफाइनलमा स्थान बनाएको हो इंग्ल्याण्ड भने ६ अंकको साथ साथ दोस्रो स्थानमा छ।
अब भारतले दक्षिण अफ्रिका र अस्ट्रेलिया महिला टिमबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस