काठमाडौँ-कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ।
चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए। अख्तरका अनुसार नेपाल क्रिकेट सङ्घ, सहभागी टोली तथा प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगन गरिएको हो। “कोरोनाको त्रासले अहिले इपिएल स्थगित गरेका छौँ। स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्नेछौँ”, अख्तरले भनेका छन्।
यसअघि इपिएल आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तय भएको थियो। प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता हुनेछ। ललितपुर, काठमाडौँ किङ्स इलेभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस