काठमाण्डौ-उपप्रमुख राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ।
अखिल नेपाल फुटबल सङ्घद्धारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी चैत पहिलो साताबाट शुरु हुने लिग तीन चरणमा खेलाइने जनाएको हो। यसमा पहिलो चरणको खेल धरानको धरान रङ्गशालामा चैत ३ देखि १३ गतेसम्म आयोजना हुनेछ।
त्यसैगरी दोस्रो चरणको खेल काठमाडौँमा वैशाख पहिलो साताबाट र तेस्रो चरणको खेल विराटनगरको शहीद रङ्गशालामा जेठ तेस्रो साताबाट सञ्चालन हुनेछ। प्रतियोगितामा तीन विभागीय टोलीसहित कूल सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिता मा सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रपुर नगरपालिका रौतहट, विराटनगर महानगरपालिका विराटनगर, चौदण्डीगढी नगरपालिका उदयपुर र वालिङ नगरपालिका स्याङ्जाले खेल्नेछन्।
डबल राउण्ड रोबिनको आधारमा हुने लिगमा कूल ४२ खेल हुनेछ। लिगको विजेता टोलीले रु १५ लाख प्राप्त गर्दा उपविजेताले रु ८ लाख प्राप्त गर्नेछ। त्यसैगरी तेस्रो हुने टोलीले रु ५ लाख तथा चौथोले रु ३ लाख पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा फेयर प्ले घोषित हुने एक टोलीले रु १ लाख ५० हजार प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट घोषित हुने फरवार्ड, डिफेन्डर, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकलाई जनही रु ५० हजार प्रदान गरिने आयोजक एन्फाले जनाएको छ। त्यस्तै प्रतियोगिताको प्रत्येक खेलमा प्लेयर अफ दि म्याच घोषित हुने खेलाडीलाई रु ५ हजार दिइनेछ। प्रतियोगिताको तयारीस्वरुप एन्फाले सहभागी टोलीलाई जनही रु १ लाख दिनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस